+
+
Shares

सान्या कपुरलाई बलिउडमा भित्राउँदै करण ?

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते ११:३४

निर्माता करण जोहर स्टारका छोराछोरीलाई बलिउडमा भित्राउन माहिर छन् । यसैले पनि उनलाई बलिउडमा परिवारवाद भित्राएको आरोप लाग्ने गरेको छ । नायिका कंगना रनावतले उनलाई बारम्बार परिवारबादलाई भित्राएको आरोप लगाउँदै आएकी छिन् ।

करणको हरेक चलचित्रमा बलिउडका स्टारका सन्तान देखिनुले पनि यो कुरालाई पुष्टी गरेको छ । यसैविच, चंकी पाण्डेकी छोरी अनन्या पाण्डेलाई हालैमात्र बलिउडमा भित्राएका करणले अर्की स्टार किडलाई भित्राउने तयारी गरेका छन् ।

अनन्याकै मिल्ने साथी सानया कपुरलाई करणले नयाँ चलचित्रबाट बलिउडमा भित्राउने तयारी गरेका छन् । सानया अर्जुन कपुरकी भतिजी हुन् । सानयालाई करण जोहरको अफिस अगाडि धेरै पटक देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । साथै, उनी अहिले जीम र डान्समा समेत धाइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?