+
+
Shares

सुहानाको जन्मदिनमा ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते २२:०२

नायिका सुहाना थापाको २१ औं जन्मदिनको अवसर पारेर आज चलचित्र ‘ए मेरो हजुर ३’को सफलता पार्टी आयोजना गरिएको छ । काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा आयोजना गरिएको भव्य कार्यक्रममा नायिका थापाले जन्मदिनको केक काटिन् । उनको जन्मदिनमा चलचित्रको सम्पूर्ण टिमको साथमा केही चलचित्रकर्मी र मिडियाकर्मी पुगेका थिए । यस्तै, चलचित्र निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक भूवन केसी, निर्माता माधव वाग्ले लगायत पनि पार्टीमा उपस्थित थिए ।

नायिका थापाको जन्मदिनमा चलचित्रका मुख्य नायक अनमोल केसी, कलाकार सलोन बस्नेत लगायत उपस्थित थिए । नायिका थापाले जन्मदिनको अवसरमा भनिन्–‘मलाई यति धेरै माया र शुभकामना दिनुभएकोमा धन्यवाद । आशा छ, आगामी दिनमा पनि यस्तै काम गर्न सकुँ ।’

नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ३’को टिमसँग जोडिन पाएकोमा आफू अत्यन्तै खुशी भएको बताए । उनले भने–‘यो चलचित्रमा काम गर्दा मैले धेरै कुरा सिक्न पाएको छु । आज यो माया पाउँदा उत्साहित छु ।’ यस्तै, चलचित्रकी निर्देशक झरना थापाले पनि चलचित्रप्रति दर्शकले दिएको मायाका लागि धन्यवाद दिइन् । सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र २६ औं दिनमा हलमा चलिरहेको छ ।

सुहानाको जन्मदिनको अवसरमा नयाँ चलचित्रको घोषणा गर्ने चर्चा भएपनि कुनै घोषणा भएन । वुझिएअनुसार, केही समयपछि नयाँ चलचित्रको घोषणा गर्ने र वि.सं २०७७ सालको भदौमा चलचित्र रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?