
बलिउडमा नायिका सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ ।
तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ । सन्नीले भारतीय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्–‘म जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहन्छु । विगतमा मैले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि मलाई तनाव दिन्छ । म यसमा केही मिठा पलहरु राख्न चाहन्छु ।’
सबैलाई थाहा नै छ, सन्नीले आफ्नो करिअरको सुरुवात पोर्न दुनियाँबाट गरेकी हुन् । तर, बलिउडमा प्रवेश गरेपछि उनले यो दुनियाँ छाडिसकेकी छिन् । सन्नीले सायद हटाउन चाहन्छु भनेर पोर्न चलचित्रलाई भन्ने खोजेको हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4