Comments Add Comment

विमान दुर्घटनाको नाटक ! यसरी गरियो ‘रिहर्सल’

२४ वैशाख, काठमाडौं । बुधबार काभ्रेको धुलिखेल नगरपालिका देवीथानस्थान डाँडामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका उद्दारकर्ताहरु दौडधुपमा थिए । विमान दुर्घटनापछि आगो निभाउने, घाइतेको उद्दार गरेर अस्पताल पठाउन, मृतकको पहिचान गर्न उनीहरुलाई भ्याई नभ्याई थियो । तर, यो सबै नक्कली घटना थियो ।

यो सत्य घटनामा आधारित थिएन,  दुर्घटनापछिको उद्दारको पूर्वअभ्यास थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले हरेक दुई वर्षमा यस्तो पूर्वाभ्यास गर्दै आएको छ ।

रिहर्सलका क्रममा करिब आधा घण्टासम्म उनीहरुले घाइतेलाई स्ट्रेचरमा बोकेर हेलिकोप्टरसम्म पुर्‍याउने, गाडीमा राखेर अस्पताल लैजाने, घाइते र मृतक पहिचान गर्ने र आगो निभाउने काममा खटिए ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत पनि थिए । उनले दुर्घटनाबारे संक्षिप्त जारी दिँदै भने ‘तुम्लिङटारबाट काठमाडौं आउँदै गरेको ट्वीनअटर ९ एन इको १०० इको विमान दुर्घटना भएको छ । जसमा १४ जना यात्रु र तीनजना चालकदल गरी १७ जना थिए । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । एकजना गम्भीर घाइतेलाई हेलीबाट काठमाडौं पठाइएको छ । ६ जनालाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment