Comments Add Comment

प्रियंकाको पहिरनलाई दर्शकले किन मन पराएनन् ?

नायिका प्रियंका चोपडा हलिउड या बलिउडमा आयोजना हुने कार्यक्रममा पुग्दा जुन खालका पहिरन लगाउँछिन्, त्यसले उनको तारिफ नै तारिफ पाएका छन् । ‘मेट गाला’कै अघिल्लो सिजनमा पनि उनले लगाएको पहिरनले विश्वभरका मिडियामा राम्रो स्थान मात्र पाएनन्, चर्चा पनि पायो ।

तर, यसपटक भने सबैले नायिका चोपडा पहिरनको मामालामा चिप्लिएको तर्क गरेका छन् । सोमबार बेलुकी आयोजित ‘मेट गाला–२०१९’मा चोपडाले लगाएको पहिरन, उनको मेकअप र कपालको स्टाइललाई दर्शकले मन पराएनन् । पति निक जोनसको साथमा पुगेकी चोपडाले लगाएको पहिरनमा थुप्रै ट्रोल बनिरहेका छन् ।

प्रियंकाले लगाएको पहिरन लिएर फ्यानहरु निराश छन् । कतिपयले उनको पहिरनप्रतिको सजगतालाई लिएर हैरान भएको उल्लेख गरेका छन् । कतिपयले, प्रियंकाको आजसम्मकै सबैभन्दा खराब पहिरन भनेर लेखेका छन् ।

मिडियामा पनि प्रियंकाको यो पहिरन स्टाइलमा आलोचना नै भएको छ । आखिर, प्रियंकाले यस्तो पहिरन चर्चाकै लागि मात्र गरेकी थिइन् वा उनले यो पहिरनको माध्यमबाट अरु केही देखाउन खोजेकी थिइन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment