+
+
Shares

कुञ्ज थिएटरमा नाटक ‘लौरो’ मञ्चन, गाउँमा युवा रित्तिँदै गएको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर-१५ सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी अभिनीत नाटक ‘लौरो’ बुधबारदेखि कुञ्ज थिएटरमा मञ्चन सुरु भएको छ।
  • हजुरबुवा र नातिनीको सम्बन्धमा आधारित नाटकले युवा विदेश पलायन, गाउँमा युवाको कमी, वृद्ध बुवा-आमाको एक्लोपन र पारिवारिक दूरी उजागर गर्छ।
  • नाटक भदौ २३ देखि २७ गतेसम्म दैनिक तीन सोमा मञ्चन हुने विद्यालयले जनाएको छ।

काठमाडौँ । नाटक ‘लौरो’को मञ्चन सुरु भएको छ । ललितपुर-१५, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी अभिनीत नाटक बुधबारदेखि कुञ्ज थिएटरमा मञ्चन सुरु भएको हो ।

हजुरबुवा र नातिनीको सम्बन्धमा आधारित नाटकले देशको वर्तमान अवस्थासँगै युवा विदेश पलायन र त्यसका कारण गाउँमा युवाको संख्या घट्दै गएको विषयलाई उजागर गर्छ । गाउँमा युवाको अभाव, वृद्ध बुवा-आमाको एक्लोपन र बढ्दो पारिवारिक दूरीलाई नाटकको कथावस्तुमा समेटिएको छ ।

नाटकमा संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ र अभिमन्यु भट्टलगायतको अभिनय छ ।

प्रसिज घिमिरेले मञ्च व्यवस्थापन, रेश्मी राईले प्रप्स व्यवस्थापन र प्रकाश दाहालले प्रकाश परिकल्पना गरेका छन् । रुबिन सुनार सहायक निर्देशक रहेको नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गरेका हुन् ।

निर्देशक अवस्थीले बुवा-आमाको भावनालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा ‘लौरो’ तयार गरिएको बताए । उनका अनुसार यो नाटक उनको परिवारको मात्र नभई धेरै नेपाली परिवारको कथा हो ।

विद्यालयका प्रशासन प्रमुख रामरमण हुमागाईंले नाटक मञ्चनले विद्यार्थीलाई अभिनयको सीपसँगै संवाद कला, अभिव्यक्ति क्षमता, समूहमा काम गर्ने संस्कार, समय व्यवस्थापन र आत्मविश्वास विकास गर्ने अवसर प्रदान गर्ने बताए ।

‘नाटक मञ्चन पनि यही अभियानको एउटा महत्वपूर्ण कडी हो,’ उनले भने, ‘विद्यार्थीले विद्यालयभित्र सिकेको सीपलाई वास्तविक रंगमञ्चमा प्रस्तुत गर्दै दर्शकमाझ आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् ।’

उनका अनुसार नाटक भदौ २३ देखि २७ गतेसम्म दैनिक तीन सोसम्म मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?