News Summary
Generated by OK AI. Editorially reviewed.- ब्ल्याकपिंककी रोजेले एप्पलसँग सहकार्य गर्दै आगामी गीत ‘न्यू ट्रिक’ को म्युजिक भिडियो आईफोन १८ प्रोबाट खिचाएकी छन् ।
- एप्पलको ‘सट अन आइफोन’ अभियानअन्तर्गत बनेको भिडियोलाई अमेरिकी निर्देशक डेभ मेयर्सले निर्देशन गरेका हुन् ।
- रोजेले सेप्टेम्बर १० मा इन्स्टाग्राममार्फत टिजर सार्वजनिक गर्दै ‘न्यू ट्रिक’ सेप्टेम्बर १८ मा दक्षिण कोरियामा रिलिज हुने बताइन् ।
सोल । के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ की रोजेले आफ्नो आगामी गीत ‘न्यू ट्रिक’ का लागि एप्पलसँग सहकार्य गरेकी छन् । गीतको म्युजिक भिडियो आईफोन १८ प्रोबाट खिचिएको उनको एजेन्सी ‘द ब्ल्याक लेबल’ ले जनाएको छ ।
एप्पलको ‘सट अन आइफोन’ अभियानअन्तर्गत तयार पारिएको म्युजिक भिडियोलाई अमेरिकी निर्देशक डेभ मेयर्सले निर्देशन गरेका हुन् । उनले ब्ल्याकपिंकको सन् २०२५ को चार्टको शीर्ष स्थानमा पुगेको गीत ‘जम्प’ को म्युजिक भिडियो पनि निर्देशन गरेका थिए ।
२९ वर्षिया रोजेले सेप्टेम्बर १० मा इन्स्टाग्राममार्फत म्युजिक भिडियोको टिजर सार्वजनिक गरेकी छन् । टिजरमा उनी बैजनी रङको ललिपपसहित देखिएकी छन्, जसमा ‘न्यू ट्रिक’ र ‘सट अन आइफोन १८ प्रो’ लेखिएको छ ।
न्यूयोर्कमा मे महिनामा आयोजित मेट गालाको केही दिनपछि यो गीत लेखिएको थियो । रोजेले भोगसँगको कुराकानीमा यो गीत आफ्नो एल्बम ‘रोजी’का उदास भावका गीतभन्दा फरक रहेको बताएकी छन् ।
उनी भन्छिन्, ‘अन्ततः हामीले उदास नभएको गीत सफलतापूर्वक लेख्यौं । मलाई लाग्छ, यो हामीले सँगै बनाएको सम्भवतः सबैभन्दा क्युट गीत हो । सायद ‘एपीटी’ सबैभन्दा क्युट हो, तर त्यो तपाईंहरू नै निर्णय गर्नुहोस् ।’
‘न्यू ट्रिक’को पूर्ण गीत सेप्टेम्बर १८ मा दक्षिण कोरियामा सार्वजनिक हुनेछ ।
प्रतिक्रिया 4