+
+
Shares

सिंगापुरका नेपाली समुदायबाट बाढीपीडितका लागि १७ लाख बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुरमा रहेका नेपाली समुदायले भोटेकोशी बाढी र पहिरो प्रभावित परिवारका लागि १७ लाख ११ हजार ५८५ रुपैयाँ ५७ पैसा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेका छन् ।
  • नेपालिज सोसाइटी सिंगापुरले आफ्ना सदस्य र शुभेच्छुकबाट १४ हजार ४८९ सिंगापुर डलर संकलन गरी सेप्टेम्बर ३ मा पहिलो चरणको रकम जम्मा गरेको जनाएको छ ।
  • एनएसएसले सेप्टेम्बर ७ मा ५० भन्दा बढी सहभागीबीच श्रद्धाञ्जली सभा र दीप प्रज्वलन आयोजना गरी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएको छ ।

२५ भदौ, काठमाडौं । सिंगापुरमा रहेका नेपाली समुदायले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

नेपालिज सोसाइटी सिंगापुर (एनएसएस) ले आफ्ना सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरेको सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर डलर संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणअन्तर्गत १७ लाख ११ हजार ५८५ रुपैयाँ ५७ पैसा हस्तान्तरण गरेको हो।

उक्त रकम सेप्टेम्बर ३ मा कोषमा जम्मा गरिएको एनएसएसले जनाएको छ। सेप्टेम्बर २ पछि प्राप्त भएका सहयोग रकम संकलन तथा समायोजन भइरहेको र आगामी चरणमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिने सोसाइटीले जनाएको छ।

समुदायबाट प्राप्त सहयोग निरन्तर संकलन गरी सम्बन्धित राहत कोषमा हस्तान्तरण गर्ने कार्यलाई सहजीकरण गरिने एनएसएसको भनाइ छ।

सहयोग अभियानमा बर्मिज गोर्खा सोसाइटी सिंगापुर (बीजीएसएस) ले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। बीजीएसएसले आफ्ना सदस्य तथा शुभेच्छुकलाई नेपालमा जारी राहत प्रयासमा सहयोग गर्न प्रोत्साहित गर्दै रकम संकलनमा योगदान गरेको एनएसएसले जनाएको छ।

दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाउन एनएसएसले सेप्टेम्बर ७ मा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो।

विपद्को १३औँ दिन आयोजित कार्यक्रममा एनएसएसका सदस्य, मित्र तथा शुभेच्छुक गरी ५० भन्दा बढी सहभागी थिए। सहभागीले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेका थिए।

कार्यक्रममा प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आगामी दिनमा गर्न सकिने सहयोगबारे समेत छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?