+
+
Shares

सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि बबिता पासवानले फुटपाथमै बच्चा जन्माएको घटना संसद्मा उठाए ।
  • उनले सुत्केरी व्यथा लागेपछि अस्पताल गएकी बबितासँग २ हजार ५ सय मात्रै रहेको र पैसा नभएकाले भर्ना नलिएको बताए ।
  • सांसद कर्णले यो विषयमा सरकारसँग जवाफ मागेका छन् ।

२५ भदौ, काठमाडौं । सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् ।

उनका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन ।

महिलासँग २ हजार ५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको उनले बताए ।

राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए ।

यो विषयमा सांसद कर्णले सरकारसँग जवाफ समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?