+

बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

२०८३ भदौ  २३ गते १८:२४ २०८३ भदौ २३ गते १८:२४
बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र र त्यसपछि अतिरिक्त दूध खुवाउनुपर्ने भएकाले बोतल प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने लेखमा उल्लेख छ।

६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाइन्छ । त्यसपछि अतिरिक्त दूध पनि खुवाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा आमाको दूध उपलब्ध नहुँदा ६ महिना भन्दा कम उमेरका बच्चालाई पनि प्याकेटका दूध खुवाउनुपर्ने बाध्यता आइलाग्छ ।

साना बच्चालाई दूध पिलाउँदा सबैजसोले बोतलको प्रयोग गर्ने गर्छन् । तर धेरै आमाबुबाले बोतलबाट दूध खुवाउँदा केही सामान्य गल्तीहरू गर्छन्।

१.सिधा सुताएर खुवाउने

धेरैजसो आमाबाबुले आफ्नो बच्चालाई सिधा सुताएर दूध खुवाउँछन् । बच्चालाई सिधा सुताएर बोतलबाट दूध खुवाउनु सही तरिका होइन । यसले बच्चालाई सर्किने जोखिम हुन्छ ।बच्चाको टाउको र घाँटी थोरै उठाएर बिस्तारै दूध पिलाउनु उपयुक्त हुन्छ ।

२. आफ्नै तरिकाले दूध बनाउने

साना बच्चालाई खानेकुरा खुवाउँदा संवेदनशील हुनु आवश्यक छ । बच्चालाई खुवाउने दूधको प्याकेटमा निश्चित निर्देशनहरू दिइएको हुन्छ । तर हामीहरू त्यसलाई बेवास्ता गर्छौं । दूध र पानीको मात्रा आफ्नै मर्जीअनुसार मिलाउँछौं । पानी कस्तो राख्ने, कतिसम्म तातो राख्ने भन्नेमा पनि निर्देशनको वास्ता गर्दैनौ । यो गर्नु हुँदैन । प्याकेज वा कन्टेनरमा दिइएका निर्देशनहरू सधैं ध्यानपूर्वक पढ्नुपर्छ । त्यहीअनुसार बच्चाका लागि दूध तयार गर्नुपर्छ । हाम्रो सानो लापरवाहीले पनि साना बच्चालाई असर गर्न सक्छ ।

३. बाँकी रहेको दूध लामो समयसम्म राख्ने

तयार गरेको सबै दूध सधैं बच्चाले खाएर त्यस्तो अवस्थामा त्यसलाई लामो समयसम्म बट्टामै राखी पुन: त्यही पिलाउनु राम्रो हुँदैन । यसलाई एक घण्टा भित्र प्रयोग गर्नु उपयुक्त हुन्छ । पिउने क्रममा बच्चाको र्‍याल बोतलमा पुग्छ, जसले ब्याक्टेरिया बढ्न सक्छ र संक्रमण निम्त्याउन सक्छ। त्यसैले, बाँकी रहेको दूध एक घण्टा पछि बच्चालाई नदिनुहोस् ।

४. मुखमा बोतल राखिदिएर बच्चालाई मात्रै छाडिदिने

‍कहिलेकाहीं, काममा व्यस्त हुँदा, आमाबाबुले आफ्नो बच्चालाई बोतल मुखमा राखेर एक्लै छोड्छन् । यो बानी खतरनाक हुन सक्छ । कुनै बेला दूध पिउँदा पिउँदै बच्चालाई सर्किन सक्छ । बोतलको लामो समयसम्म मुखमा रगडिँदा गिजा तथा दाँतमा क्षति पुर्‍याउन सक्छ । त्यसैले बच्चाले दूध खाइ नसक्दासम्म उसलाई ध्यान दिनुपर्छ ।

दूध बच्चा शिशु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

बच्चालाई बोतलबाट दूध पिलाउनुहुन्छ ? नगर्नुहोस् यी ४ गल्ती

दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन