Comments Add Comment

उर्लाबारीका ५ क्रसर उद्योग बन्द गर्न जिससको पत्र

२७ वैशाख, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका १ मा सञ्चालित पाँचवटा क्रसर बन्द गर्न जिल्ला समन्वय समितिले पत्र काटेको छ । मापदण्ड पूरा नगरी सञ्चालन भएका र सञ्चालनको तयारीमा रहेका क्रसरका कारण मानव बस्ती जोखिममा परेपछि हटाउन माग गर्दै स्थानीयबासी २९ दिनदेखि रिले अनसनमा छन् ।

बस्ती र विद्यालय छेउमा सञ्चालन रहेका क्रसलाई व्यवस्थापन गर्न उद्योग पर्यटन वन तथा बाताबरण मन्त्रालयले चासो राखेपछि जिससले तत्काल बन्द गर्न निर्देशनसहित पत्र पठाएको हो ।

जिससले मापदण्ड अध्ययनका लागि सात सदस्य समिति गठन गरेको छ । समितिको अध्ययन प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि बन्द गर्न पत्र पठाएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

नयाँ उद्योगलाई जुन अवस्थामा छ त्यस्तै छाड्न र सञ्चालनमा रहेका उद्योग भएका सामाग्री निकास गरी तत्काल बन्द गर्न पत्र पठाइएको जिल्ला समन्वय समिति मोरङका अधिकृत सरोज गौतमले जानकारी दिए ।

उर्लाबारी नगरपालिका १ मा पूर्वेली क्रसर उद्योग, पञ्चेश्वर क्रसर उद्योग, पाथीभरा क्रसर, सिदार्थ एग्रिगेट र देवीस्थान मिरल उद्योग सञ्चालनमा छन् ।

अबैध रुपमा सञचालन भएका क्रसरका कारण खानेपानी मुहान सुकेको, खेतीयोग्य जमिन, बस्ती र विद्यालयमा असर गरेको भन्दै स्थानीय वासिन्दा पाँच महिनायता आन्दोलनमा छन् ।

स्थानीय सरकारलाई हटाउन आग्रह गर्दा मेयर खड्ग फागोले चासो नदिएपछि स्थानीयबासी प्रदेश सरकार समक्ष पुगेका थिए । प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले उर्लाबारीको क्रसरबारे जिल्ला प्रशासनलाई पत्र पठाई जानकारी मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment