+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कर छलेर ल्याइएका ३१ वटा राँगा र भैंसी बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते १५:१४

२७ वैशाख, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका-३२ बाट ३१ वटा राँगा र भैंसी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल १४ नं. गुल्म हेडक्वाटर राजश्व तथा भन्सार सुरक्षा गस्ती पर्साको टोलीले वीरगञ्ज-३२ सोलखपुर राँगा र भैंसी नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ७ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ ।

पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ३१ वटा राँगा, भैसी, पाडापाडी बरामद गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

राँगा भैंसी ल्याउने व्यक्ति भने भागकोले पक्राउ गर्न नसकिएको उनको भनाइ छ । नियन्त्रणमा लिएको राँगा, भैसीं आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?