Comments Add Comment

वसन्त र बेनिशाको ‘साइला माया नलाम भो’

वसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा वसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल’ सकियो बोलको गीत गाएकी थिइन् ।

यस गीतबाट आफू निकै आशावादी रहेको वसन्त सापकोटाले बताए । उनले भने, ‘मेरो धेरै गीतहरुलाई दर्शक(स्रोताले रुचाउनु भएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनु हुन्छ ।’ त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

सार्वजनिक उक्त गीतमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment