Comments Add Comment

जिल्ला र प्रदेशसँगै एन्फा प्रेसिडेन्ट लिग पनि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्लाबाटै लिग खेलाउने भएको छ । मंगलबार बसेको कार्यसमिति बैठकले जिल्ला, अन्तर प्रदेश र एन्फा प्रेसिडेन्ट लिगको नियमापली अनुमोदन गर्दै यस वर्षदेखि नै खेलहरु गराउने निर्णय गरेको छ ।

महासचिव ईन्द्रमान तुलाधरका अनुसार भदौबाट जिल्ला लिग सुरु हुनेछ । जिल्ला लिग च्याम्पियनहरुको प्रदेश लिग हुनेछ । प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ ।

भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।

राष्ट्रिय लिग भने आगामी वर्षदेखि हुने, जसमा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र ए डिभिजन लिगका शीर्ष ६ टोलीले भाग लिनेछन् ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङ

बैठकले एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङलाई चयन गरेको छ । सर्वसम्मत रुपमा उनी वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् ।

बैठकले ४५ जिल्ला फुटबल संघ र ए, बीसी र सी डिभिजनका क्रहरुमा सम्भाव्यता अध्ययन गरी आगामी वर्षहरुमा कम्तिमा १० स्थानमा एकै पटक खेला मैदान र टेक्निकल सेन्टर स्तारोन्नती थाल्ने निर्णय गरेको छ । संघका पदाधिकारीहरुका लागि तीन महिनाभित्र आचार संहिता बनाएर लागू गर्ने पनि उसको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment