Comments Add Comment

विश्वकप क्रिकेटको अपडेट हाम्रो पात्रोमा

१७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको अपडेट नेपाली एप हाम्रो पात्रोमा पनि उपलब्ध हुने भएको छ । हाम्रो पात्रोले विश्वकप क्रिकेट २०१९ को हरेक बलको अपडेट तथा प्रेडिक्ट एण्ड विन सहितको नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अपडेट गुगल प्लेस्टोरबाट लिन सकिनेछ । ‘विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनै पनि संस्करणमा यो हाम्रो पहिलो प्रयास हो, यसअघिको विश्वकप फुटबलमा हामीले दिएको तिब्र अपडेटलाई यहाँहरुले निक्कै रुचाए पछि ‘हाम्रो पात्रो’को टिम विश्वकप क्रिकेटको लागि हौसिएको होु प्रबन्ध निर्देशश सन्तोषकुमार देवकोटाले भने ।

हाम्रो पात्रोमा ‘आईएमई पे हाम्रो क्रिकेट’ खोल्नासाथ क्रिकेट सबस्क्राइब तथा लग इन गरेर हरेक बलको अपडेट लिन सकिनेछ । त्यस्तै दैनिक हुने हरेक खेलको जानकारी लिन सकिने हाम्रो पात्रोले जनाएको छ ।

खेल शुरु हुनु अघिसम्म प्रेडिक्ट एण्ड विन प्रतियोगितामा सहभागी भएर खेल जित्ने टोलीको सही अनुमान गरी पुरस्कार पनि पाउन सकिने हाम्रो पात्रोले जनाएको छ । हरेक खेलमा विजेता सही अनुमान गरेमा दैनिक ३५ जनाले पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment