+

नेपालको क्रिकेट प्रशिक्षकमा पटवाल नियुक्त

२०७६ जेठ  १७ गते १४:५९ २०७६ जेठ १७ गते १४:५९
नेपालको क्रिकेट प्रशिक्षकमा पटवाल नियुक्त

१७ जेठ, काठमाडौं । नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो ।

पटवाल र राखेपबीच साँझ ५ बजे सम्झौतामा हस्ताक्षर हुनेछ ।

स्रोतका अनुसार पटवालले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन् । यो रकम आईसीसीले दिनेछ ।

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।

४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी-२० सिरिज खेल्दा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका थिए । त्यसअघि २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि  आईसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा उनलाई पठाएको थियो ।

नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पटवालले पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) मा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । यस्तैएभरेस्ट प्रिमियर लिग (ईपीएल) मा उनी टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा रहेका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय