Comments Add Comment

मोदीले लिए सपथ, एस जयशंकर बने मन्त्री

१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा ६ हजार भन्दा बढी पाहुना सहभागी भएका थिए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।

मोदीले ५७ सदस्यीय मन्त्रिपरिषद् गरेका छन्, जसमा अधिकांश पुरानै अनुहार छ । तर, १९ नयाँ अनुहार आएका छन् ।

२५ क्याबिनेट मन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाह पनि समावेश छन् । मोदीसँग मिलेर भाजपालाई सफलता दिएका शाह मन्त्री हुने अनुमान थियो ।

तर, आश्चर्यजनक रुपमा पूर्वविदेशसचिव एस जयशंकर मन्त्री भएका छन् । उनलाई भावी विदेशमन्त्रीका रुपमा हेरिएको छ ।

शाह र जयशंकरसँगै क्याबिनेटमा ६ नयाँ अनुहार छन् ।

अघिल्लो सरकारले वित्तमन्त्री अरुण जेट्लीले यो पटक आफूलाई जिम्मेवारी नदिन मोदीलाई पत्र लेखेर नै आग्रह गरेका थिए । चुनाव लडेकी पूर्वविदेशमन्त्री सुष्मा स्वराज यो पटक मन्त्री भइनन् ।

अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएकी स्मृती इरानी यो पटक पनि मोदी सरकारमा मन्त्री भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment