Comments Add Comment

प्रधानमन्त्री कप : एपीएफ सेमिफाइनलमा प्रवेश

१७ जेठ, काठमाडौं । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । १२६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले २३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

एपीएफका लागि शरद भेषावकरले अविजित ३५ रन बनाउँदा प्रदीप ऐरीले ३३ रन बनाए । असिफ शेखले २० रन बनाए । बलिङतर्फ दिपेश श्रेष्ठले तीन विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४१.२ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाएको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले २७, आकाश थापाले १९ र विपिन खत्रीले १७ रन बनाए । बलिङतर्फ एपीएफका भुवन कार्कीले तीन, यज्ञमान कुमाल, अमरसिंह रौटेला र शरद भेषवाकरले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment