+
+
Shares

गुल्मीको धुर्कोटमा १५० जनालाई ३० दिने रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १६:३१

१७ जेठ, काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । धुर्कोट गाउपालिकाका प्रमुख भुपाल पोखरेलले कार्यक्रमको सुरुआत गरे ।

कार्यक्रम अन्तरगत यो गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको पोखरेलले जानकार दिए । गाउँपालिकाले सडक मर्मतमा ८१ जना कामदारलाई  रएक महिने रोजगारी दिएको छ ।

यस्तै शिक्षण सस्थामा १३ जना, स्वास्थ्य सस्थामा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिँचाइ कुलो मर्मतमा १५ जना, बिद्युत मर्मतमा ७ जना, खानेपानी मर्मतमा १५ जनाले रोजगारी पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?