+
+
Shares

बागलुङमा बेवारिसे भरुवा बन्दुक फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा नियमित गस्तीका क्रममा प्रहरीले तीन थान भरुवा बन्दुक फेला पारेको छ।
  • बुर्तिबाङमा लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर सञ्चालक रामकुमारी थापालाई पक्राउ गरेको छ।
  • प्रहरीले १ हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरी जिल्ला अदालतबाट पाँच दिन हिरासत अनुमति लिएर अनुसन्धान थालेको छ।

२७ भदौ, बागलुङ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।

यसैगरी, बुर्तिबाङबाट लागुऔषध  बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रहरीले एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको सूचना अधिकारी त्वातीले बताउनुभयो । जिल्ला अदालतबाट अभियुक्तलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?