२३ जेठ, काठमाडौं । न्यजिल्यान्डले विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई दुई विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । २४५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो ।
न्युजिल्यान्डका लागि रोस टायलरले ८२ रन बनाउँदै टिमलाई जित दिलाए । त्यस्तै, कप्तान केन विलियम्सनले ४० रनको योगदान दिए । बलिङतर्फ भने बंगलादेशका मेहिदी हसन मिराज, शकिब अल हसन, मोहम्मद शैफुदिन र मोसादक हुसेनले समान २-२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभर सकिन चार बल बाँकी रहँदा सबै विकेटको क्षतिमा २४४ रन बनाएको थियो । बंगलादेशका लागि सकिब अल सहनले ६४ रन बनाए । त्यस्तै, मोहम्मद शैफुदिनले २९, मोहम्मद मिथुनले २६ र सौम्या सरकारले २५ रन बनाए । बलिङर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिए ।
यो न्युजिल्यान्डको दोस्रो जित हो । यसअघि न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । यता, बंगलादेशको भने यो पहिलो हार हो । यसअघि भएको खेलमा बंगलादेशले दक्षिण अपि|mकालाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4