Comments Add Comment

साउदीमा हज यात्री पठाउँदा पनि भ्रष्टाचार !

२९ जेठ, काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूलाई हज जीवनमा एक पटक जानै पर्ने तीर्थस्थल मानिन्छ । त्यसैले हज गर्न साउदी अरबमा जान सरकारले हरेक वर्ष रकम खर्च गर्छ ।

तर त्यही रकममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल हज समिति अन्तर्गत कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जनाविरुद्ध मुद्धा हालेको छ ।

सन् २०१७ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका हवाई टिकट खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४।०२ मा आब्हान गरेको बोलपत्रमा युनिभर्सल ट्राभलले ८८ हजार ९९५, हिनाले ९० हजार र सिलिंक ट्राभलले ९५ हजार ३०० रूपैयाँ तिर्थयात्री लैजाने कबोल गरेको थियो । तर सबैभन्दा कम रुपैयाँ कबोल गर्नलाई छाडेर बढी कबोल गर्नेसँग हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरेको पाइइएको छ ।

हज समितिका अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी हज कार्यसम्पादन उपसमिति गठन गरेको र उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यहरुले हज सचिवालयका सदस्य-सचिव तथा लेखापालसँग आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना सम्वन्धमा कुनै रायसल्लाहसमेत नलिई हिना ट्राभल्सको बोलपत्र स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसहित अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ,मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment