+
+
Shares

रोष्टममा बोल्न उभिएका सांसद रावल जब सिलिङतिर हेर्दै मौन बसे

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २८ गते १७:२९

२८ जेठ,काठमाडौं । संसदको रोष्टममा बोल्न उभिएका नेकपाका सांसद झपट रावल संसद भवनको सिलिङ र बैठक कक्षतर्फ हेरेर मौन बसेपछि सभामुखको आसनबाट राधा ज्ञवालीले सोधिन् ‘माननीयज्यू के भयो ?’

सांसद रावलले एकछिन घोरिएर जवाफ दिए ‘केही नभएकाले सभामुख महोदय १ नबोलेको ।’ रावल पुनः मौनधारणमा उभिएपछि सभामुख आसनबाट ज्ञवालीले फेरि सोधिन् ‘यसरी समयको सदुपयोग भएन कि माननीज्यू ?’

रावलले गला अवरुद्धको शैलीमा भने ‘त्यो किताबमा नअटेको हुनाले सभामुख महोदय ।’

रावल पुनः मौनधारणमै बसेपछि सभामुखले माइक काट्दिउँ भनेर सचिवालयका कर्मचारीलाई सोधिन् । उनले कर्मचारीसँगको सल्लाहपछि सांसद रावललाई उनको सांकेतिक विरोधको ध्यानकर्षण भइसकेकाले बोल्न अनुरोध गरिन् ।

प्रतिनिधिसभामा मन्त्रालयगत वार्षिक कार्यक्रममाथि छलफलका क्रममा शहरी विकास मन्त्रालयको बजेटमाथि बोल्ने क्रममा ६ मिनेटको समय पाएका रावल करीव ४ मिनेट मौन बसे । त्यसपछि आक्रोशपूर्ण अभिव्यक्ति दिदै मन्त्री इस्तियाक राईलाई ‘विभेदकारी’को आरोप लगाए ।

कवि शिरोमणि लेखनाथ पौडेलको कविता ‘मै खाउँ मै लाऊँ सुख सयल मोजभाब म गरुँ, मै बाँचु मै नाचुँ अरु सबै मरुन् दुर्बलहरु’ को पंक्ति सुनाउदै आफू दुर्बल जनताको प्रतिनिधि भएका कारण बिभेदमा पारिएको बताए । उनले शहरी विकासको सबै बजेट मन्त्री राईले आफ्नो जिल्ला बाँकेको निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप लगाए ।

सत्तारुढ दलको सांसद भएका कारण सरकारको आलोचना गर्न नमिल्ने भएकाले आफू मौन बसेको स्पष्टिकरणसमेत उनले दिए । रावलले देशभरीका सबैभन्दा बढी भूमिहीन र घरबारविहीन समुदाय बसोबास गर्ने कैलालीमा शहरी विकासले कुनै कार्यक्रम नदिएकोमा रावलले आक्रोश पोखे ।

रावलका अनुसार उनी निर्वाचित भएको क्षेत्र कैलाली २ मा पुनस्र्थापित बादीहरु अहिले पनि रुखमुनी बसिरहेका छन् भने मुक्त कमैयाहरुले घर पाएका छैनन् । दलित र गरीवहरुको पनि ठूलो संख्या छ । तर शहरी विकास मन्त्रालयले यहाँ बजेट दिएन ।
रावलले आफू बजेट र नीति तथा कार्यक्रमबाट सन्तुष्ट भए पनि मन्त्रीले विभेद गरेको भन्दै आक्रोश पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?