0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

व्यक्तिवादको घेरा तोडेपछि एमाले बलियो बन्छ : झपट रावल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ११:२२

२६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले पार्टीभित्र व्यक्तिवाद रहेको बताएका छन् । व्यक्तिवादको घेरा तोडेपछि एमाले पार्टी बलियो बन्ने उनको विश्वास छ ।

पार्टीलाई बचाउने र बलियो बनाउने एउटै मात्र ओखती भनेको सामूहिक निर्णय, सामूहिक जिम्मेवारी, सामूहिक नेतृत्व र सामूहिक जवाफदेहिता भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

‘एक व्यक्तिको सनक र अहङ्कारले होइन, सामूहिक पद्धतिको जगमा मात्रै बलियो पार्टी निर्माण सम्भव छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आउनुहोस्, व्यक्तिवादको घेरा तोडौँ र पद्धतिको सुरुवात जहाँ छौँ, त्यहीँबाट आरम्भ गरौँ ।’

उनी थप्छन्, जबसम्म पार्टीमा ‘पाँडे पजनी’ रहिरहन्छ, तबसम्म इमानदार कार्यकर्ताको रगत, पसिना बगाएर गरिएको मेहनतको कदर हुँदैन । कसैको निगाहमा पद बाँड्ने र खोस्ने प्रवृत्ति रहुन्जेल हुने यही नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?