Comments Add Comment

स्युचाटार सहकारीले किन दिँदैन निक्षेप फिर्ता ?

सीआईबी भन्छ– अनुसन्धान गर्दैछौं

३० जेठ, काठमाडौं । लामो समयसम्म पनि स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिए पछि पीडित रवी क्षेत्रीले पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकाे ध्यानाकर्षण गराएका छन् । क्षत्रीले मंगलबार आफूले लामो समयसम्म सहकारी संस्थाबाट निक्षेप फिर्ता नपाएको भन्दै प्रधानमन्त्री कार्यालयको सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण शाखामा उजुरी गरेका छन् ।

उनले यस अघि पनि प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए । आफूले लामो समयसम्म निक्षेप फिर्ता नपाए पछि पुनः उजुरी हाल्नु परेको रबीले बताएका छन् । काठमाडौंको जिल्लाको साविक स्युचाटार–७ (हाल नागार्जुन नगरपालिका) मा रहेको स्यूचाटार सहकारीमा ६ वर्ष अघि दीलिपबहादुर क्षत्रीले ३ लाख रुपैयाँ निक्षेप जम्मा गरेका थिए । दीलिपबहादुरको ०६९ साल जेठ ३ गते निधन भयो ।

बुवाको निधन पछि निक्षेप फिर्ता लिन गएका छोरा रबी क्षेत्रीलाई सहकारीले रित्तो हात फर्काएको थियो । निक्षेप जम्मा गर्दा हकवालाको ठाउँमा लेखिएको रबीको नाम काटेर अर्कै व्यक्तिको नाम लेखिएको थियो । निक्षेपको हकवाला अर्कै भएको दावी गर्दै सहकारीले निक्षेप फिर्ता दिन मानेको छैन ।

रविले आफ्ना पिताको निधनपछि सहकारीको रकम फिर्ता माग्न थालेको ६ वर्ष बितिसकेको छ । लामो समयसम्म पनि निक्षेप फिर्ता नपाए पछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि राष्ट्रिय सूचना आयोग, सहकारी मन्त्रालय, सहकारी विभाग हुँदै डिभिजन सहकारी कार्यालयसम्म धेरैपटक धाए । रविको गुनासो गृह मन्त्रालयदेखि रक्षा मन्त्रालयसम्म पुगिसकेको छ ।

यस सहकारी विरुद्ध कागजात किर्ते गरी निक्षेपकर्ताको निक्षेप फिर्ता नदिएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । किर्ते र ठगीको विषय बाहिर आए पछि सीआईबीले अनुसन्धान शुरु गरेको हो ।

हाल सम्बन्धीत निकायबाट राय माग्ने काम भइरहेको सीआईबी प्रमुख डिआईजी निरजबहादुर शाहीले अनलाइनखबरलाई बताए । अनुसन्धान तीव्र पारिएको बताउदै यहि महिनाभित्र टुंगोमा पुगिने डिआईजी शाहीले अनलाइनखबरलाई बताएका छन् ।

निक्षेपकर्ताले रोज्ने हकवालाको ठाउँमा रवी क्षेत्रीको नाम काटेर रमा क्षेत्री भन्ने नाम लेखिएको छ । सहकारी संस्थाले केरमेट आफूले गरेको स्वीकार गरेको छ । तर रबीका बुवा दीलिपकै आग्रहमा केरमेट गरिएको सहकारी संख्थाले बताउदै आएको छ ।

यो पनि पढ्नुहोसः
जहाँ मरेका मान्छेले सहकारीबाट ५० हजार निकाले 

स्यूचाटार सहकारीले ६ वर्षसम्म पनि दिएन निक्षेप फिर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment