
Photo Credit : प्रमका सल्लाहकार विष्णु रिमाल
२९ जेठ, बार्सिलोना । नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली भूमिगत रेल चढेर फ्रान्स लागेका छन् ।
तीन दिने बेलायत भम्रण सकेर प्रधानमन्त्री ओली युरो टनेल भनिने भूमिगत रेल चढेर पेरिसतर्फ प्रस्थान गरेका हुन् ।
१९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो छ । प्रत्येक वर्ष करिब एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्ने उक्त सुरुङमार्ग हुँदै नेपालका प्रधानमन्त्रीपनि लण्डनबाट पेरिस प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता हुने पेरिसस्थित नेपाली दूताबासले जनाएको छ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4