Comments Add Comment

मन्त्रीले पठाएको बजेट महानगरले खर्च गरेन

३० जेठ, विराटनगर । वीरेन्द्र सभागृह मर्मतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको चार करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ ।

बाहिरी आवरणमा उत्कृष्ट कला कौशलले सजाइएको वीरेन्द्रसभा गृहको भित्री भाग जिर्ण अवस्थामा छ । आफ्नो निर्वाचन क्षेत्रमा रहेको सभागृह जिर्ण बनेपछि संघीय मामिलामन्त्री लालबाबु पण्डित आफैंले चासो दिएर सभागृह मर्मत तथा स्तरोन्नती शीर्षकमा विराटनगर महानगरपालिकालाई बजेट पठाएका थिए ।

तर महानगरले बजेट अपुग भएको भन्दै खर्च गरेन ।

गत माघ १३ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र पठाउ“दै मर्मत सम्हारमा बजेट खर्च गर्न निर्देशन दिएको थियो ।

मेयर भीम पराजुली सभागृह मर्मतका लागि मआएको बजेट अपुग भएको बताएका छन् । मन्त्री पण्डितको पहलमा आएको रकम यही वर्ष खर्च गर्नुपर्ने र अन्य शीर्षकमा खर्च गर्न नमिल्ने भएका कारण फ्रिज हुने लागेको उनले बताए ।

उनकाअनुसार सभागृहको पुनर्निर्माणका लागि महानगरले डीपीआर तयार पारेको छ र यसको लागत झण्डै २३ करोड चाहिन्छ । महानगरले नगर विकास कोषलाई लगानी गर्न प्रस्ताव गर्ने तयारी रेको भन्दै मेयर पराजुलीले बजेटका लागि पहल गरिदिन मन्त्री पण्डितलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment