Comments Add Comment

यशराच र ऋचाको ‘लभ यू हमेशा’

लभ स्टोरी कथामा बनेको चलचित्र ‘लभ यू हमेशा’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको ६ गते रिलिज हुने भएको छ । भाष्कर प्रधानले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा यशराच गरज, ऋचा थापा, फिजा योन्जनको मुख्य भूमिका छ ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा शिशिर राणा, गोपाल ढकाल ‘छन्दे’, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन भारतको कालेबुङ, सिलगुडी तथा काठमाण्डौमा गरिएको हो । चलचित्रको केही दृश्य विदेशी लोकेशनमा पनि खिच्ने निर्माणपक्षले बताएको छ ।

निर्देशककै कथा रहेको चलचित्रमा शिब ढकालको छायांकन, एनबी महर्जनको एकसन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment