Comments Add Comment

त्रिभुवन विमानस्थल २४ घण्टा नै सञ्चालनको लागि योग्य बन्दै

३२ जेठ,  काठमाडौं । त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नति (रिह्याबिलिटेसन) को काम अन्तिम चरणमा पुगेको छ । अबको दुई हप्तासम्म मुख्य रन-वे क्षेत्रको  काम सक्ने गरी धामाधम रन-वेको माथिल्लो भागमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

वषर्ाले प्रभावित नगर जुन ३०सम्म रन-वेको स्तरोन्नतिको पूर्व कार्यतालिका बमोजिम काम सकिने नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

यही कामका लागि हाल विमानस्थल बेलुकी १० बजेदेखि विमान ८ बजेसम्म विमानस्थल बन्द गरिन्छ ।

स्तरोन्नतिको योजना अनुससार रन-वेको मध्य भागको २० मिटर चौडाई र पुरै ३ हजार ५० मिटर लामो रन-वेको २० सेन्टिमिटरको गहिरो पुरानो पत्र निकालेर नयाँ हालिएको छ ।

हाल ३ हजार ५० मिटर लामो रन-वेको पुरै ६० मिटर चौडाभागमा थप साढे ६ सेन्टिमटरको कालोपत्रे थप्ने काम चलिरहेको श्रेष्ठले बताए ।

हरेक रात अवस्था हेरेर निश्चित मिटर रन-वेमा कालोपत्रेको काम गरिन्छ । विहान ६ बजेसम्म रन-वेमा पिच गर्ने काम चल्छ । बाँकी दुई घण्टा मा नै रन-वे फेरि उडानका लागि तयार भइसक्छ ।

चिनियाँ कम्पनीले यो काम निकै संवेदनशील भएर गरिरहेको छ । पानी पर्ने अनुमान भएको दिन यहाँ काम गरिँदैन ।

सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फरिँदैछ ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे हुनेछ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम गर्दैछ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषर्ायाम लागेपछि निकै बढ्छ ।

चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भएको थियो । यसपटक निकै जोखिम मोलेर नै तल्लो सतहबाटै पिच फेरिँदैछ ।

यो स्तरोन्नतिको काम पछि धाँजा फाट्ने समस्यालाई हट्ने दावी प्राधिरकणको छ । हाल रन-वेलाई भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइएको छ ।

यो रिह्याबको काम गरे विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ । यो काम सुरु हुनुअघि विमानस्थल २१ घण्टासम्म सञ्चालन गरिएको थियो ।

राति खोतलिएको धावनमार्ग छिटो तयार गर्न विशेष खालको अलकत्रा प्रयोग गरिँदैछ । छिट्टै पकड जमाउने खालको अलकता प्रयोग गरिने भएकाले समस्या नभएको प्राधिकरणको भनाइ छ ।

धावनमार्गको प्रमुख र चुनौतिपूर्ण काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन । विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान-अवतरण हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment