Comments Add Comment

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

२ असार, काठमाडौं । बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका १ का कलकबहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक माहानन्द जोशीले बताए ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लिग नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ठूलो वर्षा र हावाहुरी चलेका कारण उद्धारमा कठिनाइ भएको छ ।

उद्धार कार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गरिरहेको छ । उद्धारका लागि हेलिकोप्टरको प्रतीक्षा गरे पनि मौसम खराब भएकाले पुग्न सकेको छैन ।

मानिसहरु सहजै जान नसक्ने भीरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाइ भइरहेको घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

मृत्यू हुने धेरैजसो मष्टा गाउँपालिका १ कोटदेवलका रहेको हुन सक्ने स्थानीयले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment