Comments Add Comment

प्रहरी हिरासतमै छन् प्रनेश गौतम

३२ जेठ, काठमाडौं । युट्युबर प्रनेश गौतमलाई प्रहरीले पुनः हिरासतमा राखेको छ । नेपाली चलचित्र ‘वीरविक्रम–२’ को ठट्यौली शैलीमा समिक्षा गरेका उनलाई प्रहरीले २४ गते पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर अपराधको मुद्दा लगाइएको छ । तर फिल्म समिक्षा गर्दा पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि उजुरीकर्ता निर्देशक मिलन चाम्स आफैंले पत्रकार सम्मेलन गरेर छटाउन पहल गर्ने बताए ।

बिहीबार राति बजेर उनी हाजिरी जमानीमा छुटेका थिए । शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनीलाई पुनः हिरासतमा लिइयो ।

सरकारको वकिलको कार्यालयले मध्याह्न १२ बजेरि मात्र मुद्दा दर्ता गर्यो । उनको मुद्दामा बहस हुन नसकेपछि प्रहरीले हिरासतमा लिएको हो । ‘मुद्दा दर्ता भएपछि हाजिरी जमानीमा छाड्न मिल्दैन भन्नुभयो’ प्रनेशका पिताले अनलाइनखबरसँग भने  ।

यो पनि पढ्नुस्

टिकटकको ‘त्यो कालो केटा’लाई प्रहरीले किन कोच्यो हिरासतमा ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment