Comments Add Comment

हाजिरी जमानीमा छुटे प्रनेश गौतम

३१ जेठ, काठमाडौं । युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख सहकुल थापाले गौतमलाई हाजिरी जमानीमा रिहा गरेको अनलाइनखबरलाई जानकारी दिए ।

‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका छौं’, अपराध महाशाखा प्रमुख थापाले गौतम रिहाबारे जानकारी दिँदै भने ।

हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।

प्रहरीको अपराध महाशाखाले गौतमलाई फिल्म वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीपछि नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत भयाे ।

तर, निर्देशक चाम्सले यसको खण्डन गरेका छन् । आफ्नो मानहानी गरेकाले आफू युट्युबरविरुद्ध कारवाही माग गर्दै प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।
यो पनि पढ्नुहोस मिलन चाम्सको स्पष्टीकरण : फिल्म रिभ्यू होइन, मानहानीका कारण प्रनेश पक्राउ परे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment