
काठमाडौं । चलचित्र निर्देशक मिलन चाम्सले फिल्म रिभ्यू गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेग्ज्यतीका कारण प्रनेश गौतमविरुद्ध प्रहरी कहाँ गएको स्पष्टीकरण दिएका छन् ।
प्रनेशले फिल्म विरविक्रम-२ को हस्यौली समिक्षा गरेका थिए । त्यसलाई लिएर उजुरी परेपछि प्रनेश पक्राउ परेका छन् । उनी अहिले प्रहरी हिरासतमा छन् ।
फिल्मको हस्यौली रिभ्यूलाई लिएर प्रनेशलाई पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएको छ ।
फिल्म टिमले भने बुधबार पत्रकार सम्मेलन गरेर फिल्म रिभ्यूका कारण नभई मानीहानी गरेको, रंगभेदी टिप्पणी गरेकाले आफूहरु प्रहरीमा गएको बताएको छ ।
निर्देशक चाम्सले भने, ‘मेरो उद्देश्य पाठ सिकाउने हो । यो मान्छेलाई लगेर थन्नैपर्छ भन्ने होइन ।’
उनले अघि भने, मैले प्रनेश, उनका बाबु र आमासँग कुरा गरेर सोमबारसम्म छुटाउँछु पनि भनेको थिएँ । तर, मिम नेपालका साथीहरु आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरुको चित्त दुखाउनुभयो । त्यही भएर एकदुई दिन बसोस् भनेर छोड्यौं ।’
प्रनेशले अहिले आफ्नो गल्ती स्वीकार गरेको भन्दै उनले छुटाउन पहल गरिरहेको बताए ।
यो पनि पढ्नुस्–
प्रतिक्रिया 4