+
+
Shares

भारत-पाक द्वन्द्वको असर पेट्रोल पम्पमा, कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १२:३६

२६ वैशाख, काठमाडौं । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार एक वक्तव्य जारी गर्दै देशभरि इन्धनको पर्याप्त मौज्दात रहेको बताएको छ । कर्पोरेसनले जनतालाई आतिनुपर्ने कुनै आवश्यकता नरहेको बताएको हो ।

इन्डियन आयलको आधिकारिक एक्स एकाउन्टबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको मौज्दात छ र हाम्रो आपूर्ति प्रणाली सामान्य रूपमा सुचारु छ।’

पोस्टमा भनिएको छ, ‘डराएर किनमेल गर्न आवश्यक छैन, हाम्रा सबै आउटलेटहरूमा पेट्रोल, डिजेल र एलपीजी सजिलै उपलब्ध छन्।’

इन्डियन आयलले जनतालाई शान्त रहन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ।

बीबीसी हिन्दीका अनुसार भारत-पाकिस्तानबीच तनाव चुलिएपछि पेट्रोल पम्पहरूमा नागरिकको भिड लाग्न थाले पनि कर्पोरेसनले उपभोक्तालाई नआत्तिन आग्रह गर्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?