Comments Add Comment

अदालतको आदेशपछि छुटे प्रनेश गौतम

१ असार, काठमाडौं । युट्युब भिडियोमा गरिएको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युवा प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि गौतमलाई छाडिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तरराज सुवेदीले बताए ।

चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले २४ जेठमा उनलाई पक्राउ गरेको थियो । गौतमको पक्राउलाई लिएर सर्वसाधारण तथा नागरिक समाज विरोधमा उत्रिएका थिए ।

यसअघि तीब्र विरोध हुँदा बिहीबार राति  गौतमलाई हाजिरी जमानीमा प्रहरीले छाडेको थियो । तर, शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई पुनः हिरासतमा लिइएको थियो ।

उनीविरुद्ध साइबर अपराधको मुद्दा लगाइएको थियो ।

यो पनि पढ्नुस्, कमेडियन प्रनेश गौतमको गिरफ्तारीप्रति सर्वत्र विरोध

फरक शैलीको समीक्षा

सूत्रहरुका अनुसार चलचित्र निर्देशक राईले नै मिम नेपालका सञ्चालक प्रनेशलाई आफ्नो चलचित्रको समीक्षा गरिदिन भनेका थिए । प्रनेशले नितान्त फरक शैलीको भिडियो समीक्षा बनाए, जसमा यो चलचित्र झूर रहेको बताइएको छ । उनले चक्कु बोकेर मानिसहरुलाई चलचित्र राम्रो छ भन् भन्दै अभिनय गरेका छन् ।

‘वीर विक्रम २’ प्रदर्शनमा आएलगत्तै प्रनेसको भिडियो समीक्षा मिम नेपालको युट्यूव पेजमा अपलोड भएको थियो । मिम नेपाल सामाजिक सञ्जालमा निकै चलेको च्यानलमा पर्छ । फेसबुकमा यसका फलोअर्स धेरै छन् । यसका यूट्यूव सब्सक्राइबर भने हाइड गरिएको छ ।

भिडियो अपलोड भएपछि वीर विक्रम २ को निर्माण पक्षले प्रहरीमा साइबर क्राइमको उजुरी दिएको थियो । त्यसैका आधारमा प्रहरीले प्रनेसलाई पक्राउ गरेको हो । अहिले पत्रकारदेखि राजनीतिक दलका नेतासम्मले यो पक्राउको विरोध गरिरहेका छन् ।

प्रनेशको यो कमेडिन शैली विश्वभर प्रचलनमा रहेको जानकारहरुको तर्क छ । यसरी व्यंग्यात्मक समीक्षा गर्दैमा प्रनेशलाई प्रहरीले पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको भन्दै उनको गिरफ्तारीप्रति विभिन्न ठाउँबाट आपत्ति प्रकट भएको थियो ।

हेर्नुहोस् प्रनेशले गरेको चलचित्र समीक्षा –

यो पनि पढ्नुहोस मिलन चाम्सको स्पष्टीकरण : फिल्म रिभ्यू होइन, मानहानीका कारण प्रनेश पक्राउ परे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment