+
+

भारतीय गाडीबारे गृहको स्पष्टिकरणः उद्योगमैत्री वातावरण बनाउन पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते ३:२८

२ असार, काठमाडौं । भारतीय सवारी साधानलाई चेकजाँच गर्न असहयोग गरेको सामाचार बाहिरिएपछि गृह मन्त्रालयले खण्डन गरेको छ ।

उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ ।

सोमबार गृह प्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रस्तुत परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने क्रममा हुने गरेको दुःख हैरानीका सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्ने प्रयोजनका लागि मात्र भएको हो ।’

उनले कुनै व्यवसायीप्रति आग्रह/पूर्वाग्रह नराखिएको उल्लेख गर्दै सबै प्रकारका मालवहाक ढुवानीका साधनबाट औद्योगिक कच्चा पदार्थ उद्योगसम्म निर्वाधन आवागमन गरी उद्योगमैत्री वातावरण तयार गर्न स्थानीय प्रशासनलाई पत्राचार गरिएको पनि बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘कुनै मालवाहक सवारी साधनमा गैरकानूनी ओसारपसार भएको आशंका लागेमा नेपाल प्रहरी/सशस्त्र प्रहरी बल नेपाल लगायत अन्य सम्बद्ध निकायले जुनसुकै समय र स्थानमा जेकजाँच गर्न सक्छन् ।’

यसअघि २ जेठमा भारतीय सवारी साधनलाई निर्वाध चल्न दिन झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको स्थानीय प्रशासनलाई पत्राचार गरिएको थियो ।

मन्त्रायलको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अधिकृत दीपक पौडेलले हस्ताक्षर गरेको पत्रमा भनिएको थियो, ‘नियामक निकायको समन्वय र अनुरोधविना क्षेत्राधिकार विपरित रोक्ने, दुःख हैरानी दिने कार्य काहीँ कतैबाट नगर्न, नगराउनु हुन गृहमन्त्री स्तरीय निर्णयानुसार अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?