Comments Add Comment

ज्वाइँ प्रधानमन्त्री सतर्क हुनुस्, ससुरालीले अगुल्टा उचालेः बाबुराम

६ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदाय, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले । यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सतर्क हुनुहोला ।’

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराइले दुई तिहाई बहुमतको दम्भ नदेखाउन तथा मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु खारेज गर्न आग्रह गरे ।

यी विधेयक संविधान विपरित भएको उनको दाबी छ ।

फलेको हांगो झुक्छ भन्दै उनले भने, ‘तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसकारण तपाईहरुले दम्भको प्रदर्शन गर्ने होइन ।’ मतादेश दिगो नहुन पनि सक्ने भन्दै उनले छिमेकी पश्चिम बंगालमा ३४ वर्षसम्म वामपन्थीको सरकार चलेको स्मरण गराए ।

सोभियत संघमा कम्युनिष्ट पतनको चर्चा गर्दै उनले भने, ‘विनम्रतापूर्वक आग्रह छ । हामीले दम्भ त्यागौं र झुकौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment