+

स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि

२०७६ असार  १६ गते ६:३४ २०७६ असार १६ गते ६:३४
स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि

१६ असार, काठमाडौं । स्पेनले युरो यू-२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

इटालीमा आज विहान सम्पन्न युरो यू-२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे । यता, जर्मनीका लागि भने नदिम अमिरीले एक गोल फर्काए ।

खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म उनकै गोलको मद्दतमा स्पेनले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पेनले एक गोल थप्दा जर्मनीले पनि एक गोल फर्काउन सफल भयो तर यो गोल स्पेनलाई रोक्न पर्याप्त भएन ।

खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २-० गोलको अग्रता दिलाए तर खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २-१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न सकेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय