
१६ असार, काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलमा समूह ‘ए’ को विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार विहान भएको खेलमा इजिप्टले समूह ‘ए’ को अन्तिम खेलमा युगाण्डालाई २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । इजिप्टको जितमा मोहमद सलाह र एल मोहम्मदीले गोल गरे ।
खेलको ३६ औ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा इजिप्टले फेरि अर्को गोल थप्न सफल भयो । यो पटक भने माहम्मदीले गोल गर्दै इजिप्टलाई २-० गोलको अग्रता दिलाए ।
पहिलो हाफमा दोब्बर अग्रता बनाएको इजिप्टले दोस्रो हाफमा युगाण्डालाई रोक्दै जित हात पारेको हो ।
समूह ‘ए’ मा अपराजित यात्रालाई कायमै राख्दै इजिप्टले तीन खेलमा तीनै खेल जित हात पार्दै ९ अंक बनाएर समूह विजेता बनेको हो । त्यस्तै, पराजित भएपनि युगाण्डा प्रिक्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
प्रतिक्रिया 4