Comments Add Comment

हुरीले राजधानीमा रुख भाँच्यो

२७ असार, काठमाडौं । राजधानी उपत्यकामा अक्सर ठूलो हरी चल्दैन । तराईका विभिन्न जिल्लामा यस वर्ष हुरीले ठूलो धनजनको क्षति पुर्‍याए पनि काठमाडौं उपत्यकामा त्यस्तो देखिएन ।

हावाहुरीको समय मानिने चैत, वैशाख, जेठमा कुनै असर नगरेको काठमाडौं उपत्यकामा असार सकिनै लाग्दा चलेकाे हुरीले रुख नै भाँचिदिएको छ । बिहीबार राति आएको हुरीले महानगरीय प्रहरी प्रभाग, पुल्चोक अगाडि रहेको सल्लाको वर्षौं पुरानो वृक्ष ढालिदिएको हो ।

वृक्ष जरैदेखि उप्किएर सडकमा आइपुगेको छ ।
प्रभागका एक प्रहरी अधिकारीले बिहीबार राति आएको हुरीले सल्लोको रुख ढालिदिएको बताए । ती प्रहरीका अनुसार, ढलेको रुख प्रहरीको नागरिक सहायता केन्द्र अगाडि हो । दिउँसोको समयमा यही वृक्षमा मुनि बसेर नागरिकहरुले सेवा लिने गरेका थिए ।

रातिको समयमा रुख ढलेकाले वृत्तमा सामान्य क्षति पुगे पनि अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।

ढलेको वृक्षले मंगलबजारतर्फको सडक नै अवरोध गरे पनि त्यसलाई प्रहरीले पन्छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment