Comments Add Comment

म्याद सकिएका व्यवसायिक फर्म दर्ता गर्न बाटो खुला

२६ असार, हेटौंडा । नवीकरण म्याद सकिएर समस्यामा रहेका व्यवसायिक फर्म नवीकरण गर्न प्रदेश सरकारले बाटो खोलिदिएको छ ।

प्राइभेट फर्म रजिष्ट्रेसन नियमावली २०३५ अनुसार दर्ता भएर व्यवसाय गर्दै आएका प्रदेशका धेरै व्यवसायीको नवीकरण म्याद सकिएपछि कारोबारमा समस्या व्यहोर्दै आएकालाई व्यवसाय सञ्चालनको बाटो खुलेको छ ।

५ बर्षको अवधि पाएर व्यक्तिगत व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको गुनासोपछि उद्योग, बन बाताबरण तथा पर्यटन मन्त्रालयले मन्त्रिपरिषद बैठकमा नबिकरण खुलाउन प्रस्ताव पेश गरेको थियो ।

यसअघि केन्द्र सरकारले २०७१ मा केही समयको लागि नवीकरण खोले पनि पछिल्लो समय नवीकरण रोकिँदा व्यवसायी समस्यामा पर्दै आएका थिए ।

प्रदेश सरकारले असोज मसान्तसम्मका लागि नवीकरण खोलेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।

सरकारले रजिष्ट्रेसन नियमावली २०३४ को नियम १० (१) मा व्यवस्था भएअनुसार नवीकरण गर्न सकिने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment