Comments Add Comment

उच्च अदालतबाट फरार अभियुक्त मुलपानीमा समातिए

२५ असार, काठमाडौं ।  उच्च अदालत, पाटनबाट बुधबार फरार भएका बैंकिङ कसुर सम्बन्धी मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।

अदालतमा म्याद थप गर्नका लागि लगिएका वेला शाैचालयबाट फरार अभियुक्त रामबोल खड्का पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अभियुक्त खड्कालाई मुलपानीबा पक्राउ गरिएको बताए ।  उनले अनलाइनखबरसँग भने, ‘उनी आफ्नै अपार्टमेन्टबाट पक्राउ परेका छन् । अहिले टेकु ल्याइरहेका छौं ।’

प्रहरीका अनुसार खड्कालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारले म्याद थपका लागि अदालत लगेको थियो । प्रहरीका अनुसार लाखौं रुपैयाँ ऋण भएपछि पीडितको घेराबन्दीमा पर्ने भएकाले भागेको खड्काले बयान दिएका छन् ।

यसअघि मंगलबार राति महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाटै चोरी डाँका दुई र लागूऔषध मुद्दाका एक अभियुक्त फरार भएका थिए ।

फरार मध्ये चोरी डाँका मुद्दाका रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई अपराध अनुसन्धान महाशाखाले बुधबार पक्राउ गरेको थियो । तर, लागूऔषध मुद्दाका रविकुमार तिम्सिना अझै फरार छन् ।

दुवै घटनामा प्रहरीको लापरबाही देखिएको अनुसन्धान अधिकृतले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment