+
+
Shares

बैंकिङ कसुरका अभियुक्त अदालतबाट फरार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते १९:३१

२५ असार, काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दाका एक जना अभियुक्त अदालतबाटै फरार भएका छन् ।

उच्च अदालत, पाटनमा म्याद थप गर्नका लागि लगिएका अभियुक्त रामबोल खड्का फरार भएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अभियुक्त फरार भएको पुष्टि गर्दै खोजी भइरहेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘उनी कसरी भागे भन्ने विषयमा पनि छानविन भइरहेको छ ।’

प्रहरीका अनुसार खड्कालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारले म्याद थपका लागि अदालत लगेको थियो ।

यसअघि मंगलबार राति महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाटै चोरी डाँका दुई र लागूऔषध मुद्दाका एक अभियुक्त फरार भएका थिए ।

फरार मध्ये चोरी डाँका मुद्दाका रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई अपराध अनुसन्धान महाशाखाले बुधबार पक्राउ गरेको छ । तर, लागूऔषध मुद्दाका रविकुमार तिम्सिना अझै फरार छन् ।

दुवै घटनामा प्रहरीको लापरबाही देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?