९ कात्तिक, काठमाडौं । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।
राजापुर नगरपालिका-३ का ५५ वर्षीय कालुराम थारुको आइतबार राति छोराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
कालुरामलाई उनका छोरा राजेन्द्रले राति ११ बजे कुटपिट गरेका थिए । घाइते भएका कालुरामलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगञ्ज पुर्यायएको थियो । त्यही चिकित्सकले मृत घोषणा गरेका थिए ।
कुटपिटमा संलग्न राजेन्द्रलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4