News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पा-काठमाडौं सम्पर्क समितिले रोल्पाका ५२ विपद् पीडित परिवारलाई लिबाङमा आयोजित कार्यक्रममा आर्थिक सहयोग वितरण गरेको छ।
- थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विपद् पीडित परिवारलाई प्रति परिवार ११ हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको छ।
- समितिका इन्चार्ज जेपी रोकामगरले सहयोगका लागि आर्थिक संकलन अभियान चलाइएको र संकलित रकम पीडित परिवारलाई दिइएको जानकारी दिए।
९ कात्तिक, रोल्पा । रोल्पाका ५२ जना विपद् पीडित परिवारलाई रोल्पा-काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।
थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विपद् पीडित परिवारलाई समितिले रोल्पाको लिबाङ्मा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण गरेको हो ।
समितिले विपद् पीडितहरूका लागि सहयोग गर्नका लागि आर्थिक संकलन अभियान चलाएको थियो । अभियानबाट संकलन भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको समितिका इन्चार्ज जेपी रोकामगरले जानकारी दिए।
रोल्पामा बाढीपहिरो लगायत अन्य विपद्मा परी ५२ परिवार प्रभावित भएका छन् । प्रति परिवार ११ हजार ५ सयका दरले आर्थिक रकम उपलब्ध गराइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4