Comments Add Comment

गर्मीमा कस्तो मेकअप गर्ने ?

जाडो होस् अथवा गर्मी, सुन्दर देखिने चाहना सबैको हुन्छ । अहिले गर्मीको मौसम छ । यो मौसममा पनि हामी आफूलाई सुन्दर देखाउन सक्दो मेहनत गर्छौं । गर्मीमा कसरी मेकअप गर्ने भन्ने सम्बन्धमा हामी केही जानकारी प्रस्तुत गर्दैछौं ।

-गर्मीमा ब्ल्याक आइलाइनर उपयुक्त हुन्छ । ब्ल्याक आइलानरबाट आँखालाई आफ्नो रुची अनुसार सजाउन सकिन्छ ।

-गर्मी मौसममा स्टे्रट हेयर स्टाइल राम्रो देखिन्छ ।

-गर्मीमा हल्का मेकअप नै उपयुक्त हुन्छ । कसै-कसैलाई त नो मेकअप पनि सुहाउँछ । सामान्य मेकअप गर्नका लागि ग्लस अथवा नेचुरल लिप कलर उपयुक्त हुन्छ ।

-गर्मी मौसममा ब्राइट ओरेन्ज लिपस्टिक पनि प्रयोग गरिन्छ ।

-ग्राफिक आइलाइनर पनि गर्मीमा राम्रै मानिन्छ ।

-गर्मीमा आफ्नो छालालाई पनि विशेष ध्यान दिनु पर्छ । त्यसका लागि सिरम्स, बेबी क्रिम तथा प्रँइमर्स आफूसंगै राख्नु पर्छ ।

-गर्मीमा पसिनाका कारण मेअअप पग्लिने डर रहन्छ । त्यसका लागि वाटरप्रुफ कंसिलर प्रयोग गर्नुपर्छ । अन्य मेकअप पनि वाटरप्रुफ र स्मजप|mी हुनुपर्छ ।

-ओयल पि|m मेकअप प्रयोग गर्नुपर्छ । वाटर बेस्ड ब्यूटी प्रोडक्ट प्रयोग गर्न सकिन्छ । गर्मीको लागि यो उपयुक्त हुन्छ ।

-वाटरप्रुफ कन्सिलर प्रयोग गर्नुपर्छ । शरीरको जुन भाग खुल्ला हुन्छ, त्यहाँ यसको प्रयोग गर्नुपर्छ ।

-गर्मीमा मेकअप गर्नुअघि प्राइमर प्रयोग गर्नुपर्छ । यसले तपाईं आकर्षक देखिनु हुन्छ ।

-मेकअप गर्नुभन्दा अघि चिसो पानीले अनुहार धुनु पर्छ । यसले तपाईंलाई प|mेस देखाउँछ । यसबाट तपाईंको अनुहारमा लामो समयसम्म मेकअप टिक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment