News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको विश्वकप २०२६ को खेलमा पाराग्वेले जर्मनीविरुद्ध पहिले अग्रता लिएको छ।
- खेलको ४२औं मिनेटमा जुलियो इनसिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका हुन्।
- माथियस गालार्जाको पासमा इनसिसोले गोल गरेका हुन्।
१६ असार, काठमाडौं । पिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा पाराग्वेले जर्मनी विरुद्ध पहिले अग्रता लिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका हुन् ।
माथियस गालार्जाको पासमा इनसिसोले गोल गरेका हुन् ।
विश्वकपको नकआउट चरणमा पाराग्वेको यो पहिलो गोल समेत हो । यसअघि पाँच पटक नकबउट खेल खेल्दा पाराग्वेले गोल गर्न सकेको थिएन ।
पाराग्वेले पहिलो हाफमा अग्रता कायम गर्दै चार पटकको विजेता जर्मनीलाई दबाबमा राखेको छ ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेपछि जर्मनी पहिलो पटक विश्वकपमा नकआउट चरण खेल्दैछ । पछिल्ला दुई संस्करणमा भने जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4