+
फिफा विश्वकप २०२६ :

जर्मनीलाई पेनाल्टीसुटआउटमा हराउँदै पारग्वे अन्तिम १६ मा प्रवेश

२०८३ असार  १६ गते ५:२३ २०८३ असार १६ गते ५:२३

अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाारग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ ।
  • निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा सडनडेथ पेनाल्टी सुटआउटमार्फत तय गरिएको थियो ।
  • पाराग्वेका जोसे क्यानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका छन् भने जर्मनीको यात्रा यसै चरणबाट टुंगिएको छ ।

१६ असार, काठमाडौं । चार पटकको विजेता जर्मनीलाई पेनाल्टीसुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।

पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टीसुटआउटमा पराजित भएको यो पहिलो पटक हो ।

सन् २००२ मा जापानमा कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला समेत लिएको छ ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक् समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।

पाराग्वेल अब फ्रान्स र स्वीडेनबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ । जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पुर्व विजेता बनेको छ । यसअघि ने उरुग्वे समूह चरणबाट बाहिरिसकेको छ ।

पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टीसुटआउटमा गोल गरे ।

जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे ।

काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाए भने जोनाथन ताहाको प्रहार पोस्ट भन्दा बाहिर गयो ।

सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई पेनाल्टी बचाउँदा ३-३ को बराबरी भएको थियो । त्यसपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो । त्यसपछि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी गोलमा परिणत गरे ।

त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमको १२औं (१०२औं) मिनेटमा जर्मनीका जोनाथान ताहले गोल गरेपनि विपक्षी खेलाडीलाई फल भएका कारण भिएआर जाँचपछि गोलले मान्यता पाएन ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन । पछिल्लो दुई विश्वकपमा समूह चरणबाटे बाहिरिएको जर्मनी १२ वर्षपछि नकआउट चरण पुगेपनि पहिलो खेलमा पाराग्वेसँग पराजित हुँदा बाहिरिनुपरेको हो ।

पाराग्वेले भने दोस्रो पटक विश्वकपमा जकआउट चरणको खेल जितेको हो । सन् २०१० मा दक्षिणद अफ्रिकामा भएको विश्वकपमा जापानलाई अन्तिम १६ खेलमा पेनाल्टीसुटबउटमै पराजित गर्दे पाराग्वे क्वाटरफाइनलसम्म पुगेको थियो । तर स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो । यस पटक पाराग्वेले नकआउट चरणमा पहिलो खेलमे पूरव् विजेता जर्मनीलाई स्तब्ध पार्दे अगाडि बढिसकेको छ ।

 

 

 

 

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय