Comments Add Comment

भोजपुर भिडन्त : विप्लव समूहले प्रहरी जवानलाई ‘लखेटेर’ गोली हानेको थियो

२५ असार, काठमाडौं । भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्‍याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहको निशानामा परेका हुन् ।

सादा पोशाकमा एक्लै भेटेपछि नीरकुमारको समूहले लेखेटेर पानधारे होटलभित्र पुर्‍याएको थियो । उनलाई त्यहीँ गोली हानेर लछापछार गर्दै बाहिर बाटोमा ल्याएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।

यो पनि पढ्नुहोस विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ता पनि मारिए

त्यही बेला पुगेको प्रहरीको गस्ती टोलीले विप्लव समूहका कार्यकर्तामाथि गोली चलाएको थियो । प्रहरीको गोली लागेर नीरकुमारको मृत्यु भएको छ । विप्लव समूहका एक कार्यकर्तालाई पनि गोली लागेको भनिएको छ, तर पुष्टि हुनसकेको छैन ।

घटनामा प्रहरीतर्फ जवान सोम भट्टराई घाइते भएका छन् । भट्टराईको भोजपुरमै उपचार भइरहेको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पनि विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गोली हानेपछि गस्तीमा रहेको टोलीले जवाफी कारबाही गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment