Comments Add Comment

उद्धारमा १५ हजार सेना खटिए, ७ वटा हेलिकोप्टर तयारी अवस्थामा

३१ असार, काठमाडौं । नेपाली सेनाले वर्षापछिको विपदमा उद्धार र राहतका लागि १५ हजार जना खटिएको बताएको छ ।

बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद उद्दारका सामग्रीसहित १५ हजार जना खटिएका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको पनि बताएको छ । सेनासँग काठमाडौंमा २ वटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल, र धनुषामा एउटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाइएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । सेनाले रसुवाको गोसाइकुण्ड गाउँपालिका ३ लिगलिग भन्ने ठाउँमा सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment